शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

१० पुष २०७९, आईतवार १५:२९

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन रहेको छ ।

(कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १२ गतेदेखि २५ गतेसम्म बुक क्लोज गरेकाले सोमवार अर्थात् पुस ११ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १३ दशमलव ३० प्रतिशत बोनस शेयर र शून्य दशमलव ७० प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव पारितका लागि कम्पनीले पुस २५ गते साधारण सभा बोलाएको छ । सभा ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटल प्रालि मणिग्राम रुपन्देहीमा बिहान ११ बजे शुरू गर्ने कम्पनीले जानकारी दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*