घलेम्दी हाइड्रोपावरले २०० प्रतिशत हकप्रद जारी गर्ने
११ पुष २०७९, सोमबार १०:४६

काठमाडौं । घलेम्दी हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीको पुष ८ गते बसेको संचालक समितिको बैठकले १ः२ अनुपातमा हकप्रद जारी गर्ने निर्णय गरेको हो ।
कम्पनीले सांग्रिला उर्जा प्रा.लिंद्धारा प्रवद्धित संखुवासभामा रहेको छुजुङ्ग खोला विद्युत आयोजना (६३ मे.वा., ४ घण्टा PRoR)मा कम्पनीको कम्तिमा ५१ प्रतिशत शेयर कायम हुनेगरी लगानी गर्न १ः२ अनुपातमा हाकप्रद शेयर निष्काशनको प्रस्ताव अनुमतिको लागि तोकेबमोजिमको कागजातहरु साथ विद्युत नियमन आयोग समक्ष दरखास्त दिने र अनुमति प्राप्त भएपश्चात् आगामी वार्षिक सधारण सभाबाट अनुमोदन गराउने जनाएको छ ।













