लाभांस प्रस्ताव सहित मेरो माइक्रोफाइनान्सद्धारा साधारण सभा आह्वान, कहिले हुदैछ बुकक्लोज ?

१४ पुष २०७९, बिहीबार १०:२३

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त संस्था लिमिटेडले साधारण सभा आह्वा गरेको छ । संस्थाले माघ ६ गते क्राउन होटल हारती, नुवाकोटमा साधारण सभा डाकेको हो ।

सभाले हाल रहेको सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्नुहुने आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ आषाढ मसान्तको वासलात तथा मिति २०७८ श्रावण १ देखि २०७९ आषाढ मसान्तसम्मको नाफा । नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने लगायत लेखापरिक्षक नियुक्त गर्ने प्रस्ताव पारित गर्ने छ ।

सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम २०७९ आषाढ मसान्तमा कायम रहेको चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने नगद लाभांश र बोनस शेयरको (कर प्रयोजन समेत )का लागि दिने प्रस्तावमाथि छलफल गरी पारित गर्ने । सभाले हाल रहेको चुक्ता पूँजीको १० प्रतिशतले बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

साधारण सभा प्रयोजनार्थको लागि पौस २२ गते बुक क्लोज गर्ने भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*