समायोजनपछि कुमारी र एनसीसी बैंकले आधा शाखा कार्यालय घटाउँदै, कुन–कुन शाखा हुँदैछन् मर्ज ?

१४ पुष २०७९, बिहीबार ११:१८

काठमाडौं । कुमारी बैंक र एनसीसी बैंक लिमिटेबीच एकआपसमा गाभ्ने।गाभिने तथा मर्जरमा जाने सम्झौतापश्चात् यहि पुष १७ गतेबाट एकीकृत कारोबार सुरु हुँदैछ ।

कुमारी र एनसीसी बैंकबीच मर्जर सम्बन्धमा नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयबाट अन्तिम स्वीकृति प्राप्त भई दुवै संस्थको एकिकृत कारोबार यहि पुष १७ गतेदेखि कुमारी बैंक लिमिटेडको नामबाट सुरु हुने भएको हो ।

कुमारी बैंक र एनसीसी बैंकको कुल १२० शाखा एकआपसमा गाभिई कुमारी बैंक लिमिटेडको नामबाट ६० वटा शाखा कार्यालयबाट कारोबार सुरु हुने बैंकले जनाएको छ ।

जसमा कुमारीको ३१ वटा शाखा कार्यालयमा एनसीसीको ३१ वटा शाखा गाभिई एकीकृत कारोबार हुनेछ भने बाँकी २९ वटा एनसीसीको शाखामा कुमारीको २९ शाखा गाभिई कारोबार हुनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*