सिटिजन्स बैंकको ५ हजार कित्ता शेयर बिक्रीमा, १४५ रुपैयाँमा जो कोहिले आवेदन दिन पाउने

१४ पुष २०७९, बिहीबार ११:३९

काठमाडौं । सिटिजन्स बैंकले संस्थापक शेयर बिक्री गर्ने भएको छ । संस्थाका संस्थापक शेयरधनी श्रवण कुमार अग्रवालको नाममा रहेको ५ हजार ९२१ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । बैंकले प्रतिकित्ता शेयरको न्यूनतम मुल्य १४५ रुपैयाँ तोकेको छ ।

उक्त शेयरमा कोही व्यक्ति वा संस्थाले आवेदन दिन सक्नेछन् । शेयर खरिद गर्न इच्छुक जो कोहीले बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा निवेदन पेश गर्नु पर्नेछ ।

बैंकका विद्यमान संस्थापकहरुलाई यस अघि  शेयर बिक्री खुला गर्दा कुनै पनि संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेको हुनाले बैंकले यस पटक अन्य लगानीकर्ताले पनि आवेदन दिन मिल्ने व्यवस्था गरेको जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*