१३ लघुवित्तद्धारा लाभांश प्रस्ताव, साधारण सभा र बुकक्लोज कुनको कहिले ?

काठमाडौं । हालसम्म १३ लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेका छन् । नेप्सेमा सूचीकृत लुघवित्त संस्थाहरुमध्ये आधाजसो लघुवित्तले मात्रै आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् ।
१३ लघुवित्त संस्थामध्ये पनि ८ लघुवित्तले साधारण सभा र बुकक्लोजको मिति समेत तोकिसकेका छन् भने बाँकी ५ लुघवित्त संस्थाले साधारण सभा र बुकक्लोजको मिति तोक्न बाँकी छ ।
गत आवको मुनाफाबाट सबैभन्दा बढी लाभांश प्रस्ताव गर्ने संस्थामा जाल्पा सामुदायिक लघुवित्त रहेको छ । संस्थाले ७३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लािग ३.८४२१ प्रतिशत नगद लाभांश सहित कुल ७६.८४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सबैभन्दा पहिला लाभांश घोषणा गरेपनि जाल्पाले हालसम्म साधारण सभा र बुक्लोजको मिति भने तोकेको छैन ।
त्यस्तै, साधारण सभा आह्वान गर्ने संस्थाहरुमा सिवाइसी नेपाल, मिर्मिरे, साधना, फर्स्ट माइक्रोफाइनान्स, मेरो माइक्रोफाइनान्स, आरएसडीसी र गुराँस लुघवित्त रहेका छन् । ८ मध्ये पनि ७ लुघवित्तले यसै महिनाभित्र साधारण सभा आह्वान गरेको छ भने मेरो माइक्रोफाइनान्सले भने माग माघ ६ गते सभा डोकेको छ ।













