नबिल बैंकको ‘नबिल गोल्ड पेरोल सेभिङ’ खातामा ९.१३३% ब्याजदर निर्धारण, १० लाख रुपैयाँसम्मको बीमा सुविधा

१४ पुष २०७९, बिहीबार १४:२२

काठमाडौं । नबिल बैंक लिमिटेडले संचालमा ल्याएको ‘नबिल गोल्ड पेरोल सेभिङ’ खातामा ९.१३३ प्रतिशत ब्याजदर निर्धारण गरिएको छ । बैंकले विभिन्न सुविधा भएका बचत खाताहरुमध्ये यो बचत खाता पनि ग्राहकहरुको रोजाइमा पर्ने एक बचत खाता बन्न पुगेको छ ।

जसमा यो खाता खोल्ने ग्राहकहरुले विभिन्न सेवा सुधिवा पाउन सक्नेछन् । उक्त खाता खोल्ने ग्राहकहरुले २ लाख रुपैयाँसम्मको फोनलोनको सुविधा पाउन सक्नेछन् ।

यसका अलावा सो खाता खोल्ने ग्राहकहरुले एक वर्षका लागि निःशुल्क डेबिट तथा क्रेडिट कार्ड प्राप्त गर्नेछन् । साथै बिना धितो १५ लाख रुपैयाँसम्म व्यक्तिगत कर्जा र घर, अटो तथा शिक्षाका लागि समेत कर्जा उपलब्ध हुने बैंकले जनाएको छ ।

यसका साथै सो खाताअन्तर्गत नबिल बैंकले १० लाख रुपैयाँसम्मको बीमा सुविधा पनि राखेको छ । बैंकले सो खाताअन्तर्गत १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा र ३ लाख ७५ हजार रुपैयाँसम्मको जीवन बीमा सुविधा समेत राखेको छ ।

यस खाताअन्तर्गतको बीमा सुविधामा दुर्घटना बीमामा सानिमा जनरल इन्स्योरेन्स र जीवन बीमामा मेट लाइफ इन्स्योरेन्स बैंकको सहकार्य रहेको छ ।

May be an image of text that says 'A ९.१३३% ब्याजदर र सुनौला फाइदाहरु DEBIT CARD AND CREDIT CARD Free for year COLLATERAL FREE PERSONAL LOAN 15 Lakh NABIL INSTALLMENT NPR Credit Card Installment Loan Available NABIL GOLD PAYROLL PAY SAVINGS INSURANCE BENEFITS Group Personal Critical Illness & Accident Upto Term Insurance Lakh Rs. 3,75,000 NABIL fone LOAN 200K Insurance Partners MetLife PRICE ON RETAIL LOAN Auto, Housing Education, Mortgage Prefential rate shall applied FOR FURTHER DETAILS, PLEASE CONTACT OUR CUSTOMER CARE CENTRE 01-5970015 customercare@nabilbank.com'

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*