यी हुन् प्रभु बैंकमा ठूला शेयर स्वामित्व हुने व्यक्ति र संस्था, कसको कति ?

१५ पुष २०७९, शुक्रबार १०:५९

काठमाडौं । प्रभु बैंकको २१ औ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । बैंकले सभा मार्फत मर्जर सहित अन्य प्रस्तावहरु पारित गरेको छ ।बैंकमा सबैभन्दा धेरै लगानी रहेको संस्थागत एवम व्यक्तिगत विवरण यस प्रकार रहेको छ ।

प्रभु बैंकमा सबैभन्दा धेरै व्यक्तिगत तर्फ ४ दशमलव ७१ प्रतिशत शेयर होल्डिङ्ग रहेको छ । बैकमा अग्रवालको ५९ लाख ५८ हजार ८ सय १७ कित्ता शेयर रहेको छ भने साधारण शेयर तर्फ ३१ हजार ५५ कित्ता शेयर गरी कुल ५९ लाख ८९ हजार ८ सय ७२ कित्ता शेयर रहेको छ ।

त्यस्तै, बैंकमा प्रभु ग्रुप प्रा.लि.को ४ दशमलव ७१ प्रतिशत शेयर होल्डिङ्ग रहेको छ । बैंकमा प्रालिको संस्थापक शेयर तर्फमा ५२ लाख १२ हजार ५ सय ५३ कित्ता र साधारण तर्फमा ३ लाख ३४ हजार ३ सय ९९ कित्ता गरेर कुल ५५ लाख ४३ हजार ९ सय ७५ कित्ता शेयर रहेको छ ।

कर्मचारी सञ्चयकोषको बैंकमा ३ दशमलव ९७ प्रतिशत शेयर होल्डिङ्ग रहेको छ । बैंकमा सञ्चयकोषको संस्थापक समुहतर्पmमा ४७ लाख ७७ हजार ९ सय २० कित्ता शेयर र साधारण समुहतर्फमा २ लाख ६६ हजार ५५ कित्ता शेयर गरी कुल ५० लाख ४३ हजार ९ सय ७५ कित्ता शेयर रहेको छ ।
बैंकमा नेपाल इन्भेष्टमेन्ट प्रा.लि. को १ दशमलव ९७ प्रतिशत शेयर होल्डिङ्ग रहेको छ । जसमा संस्थापक समुहतर्फमा २५ लाख ४ हजार ३ सय २७ कित्ता र साधारण समुह तर्फमा ११ कित्ता गरेर कुल २५ लाख ४ हजार ३८ कित्ता शेयर स्वामित्व रहेको छ ।

बैंकमा गणपति वनस्पिति प्रा.लि.को १ दशमलव २३ प्रतिशत शेयर स्वामित्व रहेको छ । जुन संस्थापक समुहतर्फमा १५ लाख ५७ हजार ९ सय ७५ कित्ता शेयर स्वामित्व रहेको छ ।
बैंकमा सुदिप आचार्यको १ दशमलव ५ प्रतिशतले शेयर होल्डिङ्ग रहेको छ । जसमा संस्थापक समुहतर्फमा १२ लाख ५१ हजार ६ सय ६२ कित्ता र साधारण समुहतर्फमा ८० हजार ७ सय ५६ कित्ता गरेर कुल १३ लाख ३२ हजार ४ सय १८ कित्ता शेयर स्वामित्व रहेको छ ।

बैंकमा अम्बिका शर्मा लामिछानेको १ दशमलव ४ प्रतिशत शेयर होल्डिङ्ग रहेको छ । जसमा संस्थापक समुहतर्फमा १० लाख ७५ हजार ९ सय ९६ कित्ता र साधारण समुहतर्फमा २ लाख ४७ हजार २ सय ७७ कित्ता गरी कुल १३ लाख २३ हजार २ सय ७३ कित्ता शेयर स्वामित्व रहेको छ ।

बैंकमा अर्का शेयरधनी शिव कुमार श्रेष्ठको १ दशमलव २ प्रतिशत शेयर होल्डिङ्ग रहेको छ । जसमा संस्थापक समुुहतर्फमा ११ लाख ८८ हजार ८ सय ३४ कित्ता र साधारण समुहतर्फमा १ लाख १२ हजार कित्ता गरी कुल १३ लाख ८ सय ३४ कित्ता शेयर स्वामित्व रहेको छ ।

त्यस्तै, मिजास भटचनको १ प्रतिशत शेयर होल्डिङ्ग रहेको छ । जसमा संस्थापक समुहतर्फमा १२ लाख ७० हजार ८ सय ६९ कित्ता र साधारण समुहतर्फमा १ हजार ८ सय ९ कित्ता गरी कुल १२ लाख ७२ हजार ६ सय ७८ कित्ता शेयर स्वामित्व रहेको छ ।

बैंकमा सौरप गुरुङ्गको ०।९९, शिभम सिमेन्टको ०।८८, सन नेपाल लाइफको ०।८७, पवन कुमार अग्रवालको ०।७२, नेपाल लाइफको ०।६७, देवराज भण्डारीको ०।६६, तारा कुमारी भटचनको ०।६५, विनोद थकालिको ०।५६, मनोज राठीको ०।५४, शिक्षा भटचनको ०।५४, सचि चटचनको ०।५३ र शाम्ब लामाको ०।५० प्रतिशतले शेयर होल्डिङ्ग रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*