गरिमा विकास बैंकको विदेशी मुद्रा विनिमय सम्बन्धी अन्तरक्रिया कार्यक्रम

१५ पुष २०७९, शुक्रबार १२:१०

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र विदेशी मुद्रा विनिमय संघ –नेपालको संयुक्त आयोजनामा विदेशी मुद्रा विनिमय सम्बन्धी एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल राष्ट्र बैंकका विशिष्ट प्रतिनिधिहरु तथा विभिन्न विदेशी मुद्रा विनिमयका संचालक तथा कर्मचारीहरु गरि ११० जना भन्दा बढिको उपस्थिती रहेको थियो । सो कार्यक्रम ठमेलमा रहेको होटल र्मस्याङ्दीमा सम्पन भएको हो ।

कार्यक्रममा नेपालमा बिदेशी मुद्रा बिनिमय, एंटि मनी लण्डरिङ (गो एएमएल), सम्पती शुद्धिकरण लगायतका समसामयिक विषयहरुमा बृहत छलफल तथा प्रशिक्षण गरिएको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले पनि उक्त कार्यक्रमलाई सम्बोधन गर्दै देशको समग्र बैकिङ प्रणालीमा विदेशी मुद्रा बिनिमयको स्थितिको बारेमा भनाई राखेका थिए ।

गरिमा विकास बैंकले लाजिम्पाट, ठमेल, माछापुच्छ्रे लगायत विभिन्न शाखाहरुबाट विदेशी मुद्रा सटहीको सरल व्यवस्था गर्दै आईरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*