सन् २०२२ मा सबैभन्दा कम गुमाउने समूहमा होटेल तथा पर्यटन क्षेत्र, ओरालो लाग्नेमा समूहमा जीवन बीमा समूह

१६ पुष २०७९, शनिबार १०:०६

काठमाडौं । अग्रेजी बर्ष आजबाट सकिदैछ । नेप्सेको प्रावधान अनुसार बिहिबार अन्तिम कारोबार भईसकेको छ । नेप्से इन्डेक्स यो वर्ष १९.६३ प्रतिशतले ओरालो लागेको छ। योसँगै कुल बजार पुँजीकरण १७.७४ प्रतिशतले घटेको छ भने फ्लोटेड मार्केट क्याप १.६५ प्रतिशतले बढेको देखिन्छ।

यो वर्ष सबैभन्दा कम गुमाउने समूहमा होटेल तथा पर्यटन रहेको छ। यो समूहमा ५.०२ प्रतिशतले मात्र झरेको छ। यसैगरी यो वर्ष सबैभन्दा ओरालो लाग्नेमा समूहमा जीवन बीमा रहेको छ। यो समूह २९.०६ प्रतिशतले तल झरेको छ।

यो एक वर्षको अवधिमा निर्जीवन बीमा समूहमा २८.५६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा २४.०४ प्रतिशत, होटेल तथा पर्यटन समूहमा २०.१७ प्रतिशत, लगानी समूहमा २०.१७ प्रतिशत, अन्य समूहमा २०.२३ प्रतिशत, व्यापार समूहमा २५.८३ प्रतिशत, बैंकिङ समूहमा १९.७६ प्रतिशत, विकास बैंक समूहमा १४.८ प्रतिशत, वित्त समूहमा १७.३६ प्रतिशत, लघुवित्त समूहमा ८.२९ प्रतिशत र जलविद्युत समूहमा १८.१९ प्रतिशतको गिरावट आएको छ।

सबैभन्दा धेरै कमाउने कम्पनीमा मध्यभोटेकोशी जलविद्युत कम्पनी रहेको छ। यसको सेयरभाउ ७२.१३ प्रतिशतले उकालो लागेको छ। यो कम्पनीको सेयरभाउ १४६.४ रुपैयाँ रहेकोमा यो वर्षको अन्तिम कारोबार दिनमा २५२ रुपैयाँ कायम भएको छ।

सबैभन्दा धेरै गुमाउनेमा शिवम सिमेन्ट रहेको छ। यो कम्पनीको सेयरभाउ ६२.३४ प्रतिशतले ओरालो लागेको छ। वर्षको सुरुआतमा शिवम सिमेन्टको सेयरभाउ १४८० रुपैयाँ थियो। यो वर्षको अन्तिम कारोबार दिनमा शिवमको सेयरभाउ ५५३ रुपैयाँ कायम भएको छ।

गत जनवरीमा नेप्से सबैभन्दा बढी १३.७३ प्रतिशतले उकालो लागेको थियो। यही महिना कारोबार १ खर्ब ३५ अर्ब रुपैयाँ बढकिो कारोबार भएको थियो। जुन अन्य महिनाको तुलनामा उच्च हो।

गत अगस्टमा नेप्से सबैभन्दा धेरै १०.१० प्रतिशतले ओरालो लागेको थियो। यही महिना सबैभन्दा कम ७ अर्ब ५६ करोड रुपैयाँको मात्रै कारोबार भएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*