नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकलाई नेपाल राष्ट्र बैंकको मर्जरको अन्तिम स्वीकृति

१७ पुष २०७९, आईतवार १३:४९

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकलाई नेपाल राष्ट्र बैंकले मर्जरको अन्तिम स्वीकृति दिएको छ । राष्ट्र बैंकको संचालक समितिको बैठकले अन्तिम स्विकृती प्रदान गरेको हो ।

राष्ट्र बैंकबाट अन्तिम स्वीकृति प्राप्त भएसँगै अब कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति पाएपछि बैंकलाई एकिकृत कारोबारको बाटो खुल्ने छ । दुवै बैंकको पुस ७ गते सम्पन्न साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो ।

मेगा बैंकको १०० कित्ता शेयर बराबर मेगा बैंकका शेयरधनीहरुलाई मर्जरपछि बन्ने बैंकको ९० कित्ता शेयर प्राप्त हुने गरी यी दुई बैंक मर्ज भएका हुन् । मर्जरपछि बन्ने बैंकको नाम नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड रहने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*