आगामी बर्ष लगानीकर्तालाई उत्कृष्ट प्रतिफल दिन्छौ, टप थ्रिमा उत्रिन्छौ: अध्यक्ष राणा

१७ पुष २०७९, आईतवार १४:४४

काठमाडौ । एनसीसी र कुमारी मर्जरपछिको एकिकृत कारोबार पश्चात् अध्यक्ष अमिर प्रताप राणाले आगामी बर्ष लगानीकर्ता उत्कृष्ट रिर्टन दिने बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित बैंकको एकीकृत कारोबार शुभारम्भको कार्यक्रममा उनले यस्तो बताएका छन् । उनले एकिकृत कार्यक्रममा मर्जर पछि बैंकलाई चुनौतीको साथै अवसरपनि रहेको हुँदा दुवै बैंकका कर्मचारीलाई सहि व्यवस्थापन गर्नुपर्ने बताएका छन् । उनले लगानीकर्ताहरुले अब यसअघिको भन्दा आकर्षक रिटर्न दिने लक्ष्य रहेको कार्यक्रममा बताए ।

एकीकृत कुमारी बैंकको सञ्चालक समितिका अध्यक्ष समेत चयन भएका राणाले भने–‘म साथीहरुलाई पहिलाभन्दा आकर्षक रिटर्न दिने गरी काम गर्न आग्रह गर्छु ।उनले एकीकृत कुमारी बैंक नाफा, चुक्तापूँजी तथा विजिनेशको आकारको हिसाबले अब देशको चौथो बलियो बैंक बनेको उल्लेख गर्दै ३–४ वर्षभित्रमा नम्बर वान बन्ने गरी काम थाल्न समेत निर्देशन दिए ।

‘हामी सबै वित्तीय सूचकहरुमा नम्बर वान बन्नेछौं । कुमारी बैंकको सञ्चालक समितिले रिजल्ट आउने गरी काम गर्न प्रत्येक पल खबरदारी गरिरहेको हुनेछ ।’ राणाले भने–‘हामीलाई कुरा होइन, रिजल्ट चाहिन्छ । प्रत्येक त्रैमासमा प्रकाशित हुने वित्तीय विवरण चित्तबुझ्दो हुनुपर्छ ।’

‘पहिला भन्दा रिटर्न क्षमता घट्यो भने यो मर्जरको औचित्य पुष्टि हुनेछैन ।’ न्यौपानेले भने–‘म्यानेजमेन्टका साथीहरुले यही कुरालाई ध्यानमा राखेर काम गर्नुहोला । यसमा हाम्रो आवश्यक सबै सहयोग हुनेछ ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*