नबिल बैंकको इमाडोल शाखा कार्यालय स्थानान्तरण
१८ पुष २०७९, सोमबार १०:२०

काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्नो शाखा कार्यालय स्थानान्तरण गरेको छ । बैंकले आफ्नो इमाडोल शाखा कार्यालय स्थानान्तरण गरेको हो ।
बैंकले ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका–१ इमाडोलमा रहेको इमाडोल शाखा कार्यालय ललितपुर जिल्ला, ललितपुर महानगरपालिका–६ प्रयाग पोखरीमा स्थानान्तरण गर्न लागेको हो ।













