नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्तको मर्जरलाई राष्ट्र बैंकको सहमति

१८ पुष २०७९, सोमबार १०:३९

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र समीट लघुवित्त वित्तीय संस्थाबीच मर्जर हुने भएको छ । यी दुवै संस्थाबीच भएको मर्जरसम्बन्धी सम्झौतालाई नेपाल राष्ट्र बैंकले स्वीकृत प्रदान गरेको छ ।

नेशनल र समीटबीच एकआपसमा गाभ्ने।गाभिने तथा मर्जरमा जाने सम्बन्धी सैद्धान्तिक सहमतिको लागि नेपाल राष्ट्र बैंक समक्ष निवेदन पेश गरेकोमा नेपाल राष्ट्र बैंकले पुष ७ गते दुई संस्थाको मर्जरलाई सहमति प्रदान गरेको हो ।

निलकण्ड नगरपालिका वडा नं. ३ धादिङ्गवेशी धादिङ्गमा केन्द्रीय कार्यालय रहेको नेशनल माइक्रोफाइनान्स र बनेपा नगरपालिका वडा नं. १० कांभ्रेपलाञ्चोक केन्द्रीय कार्यालय रहेको समीट लघुवित्तबीच असोज ६ गते मर्जरसम्बन्धी सम्झैतापत्रमा हस्ताक्षर गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*