शेयरमूल्य बढेसँगै नबिल बैंकमा झुम्मिए लगानीकर्ता, आज यी कम्पनीको भयो सर्वाधिक कारोबार
१८ पुष २०७९, सोमबार १५:०८

काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा दोहोरो अंकको बृद्धि भएको छ । आज नेप्से सूचक १७.५६ अंकले बढेर २०६३ को विन्दुमा कायम भएको छ ।
नेप्से सूचक बढेसँगै कारोबार रकम समेत बढेर आज शेयरबजारमा २ अर्ब ९६ करोड रुपैयाँमाथिको कारोबार भएको छ । करिब ३ अर्बको कारोबार हुँदा सर्वाधिक नबिल बैंकको १६ करोड ८४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, हिमालयन डिष्टिलरीको १६ करोड ६४ लाख, एनआइसी एशियाको ११ करोड १४ लाख रुपैयाँ, नेपाल टेलिकमको ८ करोड ३५ लाख र युनिभर्सल पावरको ७ करोड ९२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।













