समता घरेलु र स्वरोजगार लघुवित्तबीच मर्जर सम्झौता

१९ पुष २०७९, मंगलवार १०:१५

काठमाडौं । समता घरेलु लघु्वित्त र स्वरोजगार लुघवित्त वित्तीय संस्थाबीच मर्जर सम्बन्धी सम्झौता भएको छ । यी दुई संस्थाबीच एकआपसमा गाभ्ने।गाभिने वा मर्जरमा जाने सम्बन्धित सम्झौतापत्रमा पुष १८ गते हस्ताक्षर भएको हो ।

काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिका वडा नं. ७ रजिष्टार्ड कार्यालय भएको समता घरेलु लघुवित्त र काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिका वडा नं. ५ केन्द्रीय कार्यालय रहेको स्वरोजगार लुघवित्त वित्तीय संस्थाबीच पुष १८ गते दिउँसो ४ः४५ मा मर्जरमा जाने सम्झौता भएको हो ।

साथै यी दुवै संस्थाले आधारभूत शेयरधनीहरुको शेयर कारोबार रोक्का राख्न नेप्सेसमक्ष अनुरोध गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*