बैंक अफ काठमाडौंको साढे ९ लाख भन्दा बढी कित्ता संस्थापक शेयर बिक्रिमा

१९ पुष २०७९, मंगलवार १०:२३

काठमाडौं । बैंक अफ काठमाडौं लिमिटेडले शेयर बिक्रिमा ल्याएको छ ।

संस्थाले शेयरधनी श्री भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेण्टल स्टोर प्रा. लि. को नाममा दर्ता कायम रहेको ९ लाख ५२ हजार ७३० कित्ता संस्थापक शेयर बिक्रिमा ल्याएको हो । सो शेयर प्रति कित्ता २ सय रुपैयाँका दरले बिक्री गर्ने भएको हो ।
उक्त संस्थापक शेयरहरू बिक्री गर्दा बैंकको बहालवाला संस्थापक शेयरधनीहरूलाई पहिलो प्रथामिकता दिनु पर्ने प्रावधान भएबाट उक्त संस्थापक शेयर खरिद गर्न चाहनु हुने संस्थापक शेयरधनीहरूले यो सूचना प्रकाशित भएको मितिले ३५ (पैतिस) दिन भित्र यस बैंकको कम्पनी सचिवको कार्यालयमा सम्पर्क गर्न हुनको लागि यो सूचना प्रकाशित गरिएको छ ।

साथै, उक्त म्याद भित्र कसैको निवेदन प्राप्त नभएमा उक्त संस्थापक शेयर कानून बमोजिम बिक्री भएर जानेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*