नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको मर्जरलाई नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपाल लिमिटेडको मर्जरलाई नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृत प्रदान गरेको छ ।
यी दुबै संस्थाको साधारण सभाबाट पारित विशेष प्रस्ताव बमोजिम नेपाल राष्ट्र बैंकको पुष १८ गतेको पत्रबाट एक आपसमा गाभ्न गाभिनका लागि अन्तिम स्वीकृत प्राप्त भएको हो ।
नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपाल मर्जर भइ बन्ने बैंकले भने, ‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड’ को नामबाट एकीकृत कारोबार गर्नेगरी अन्तिम स्वीकृति पाएको हो ।
मेगा बैंकको हाल कायम सेयरधनीले मर्जरपछि बन्ने बैंकमा अहिलेको १०० कित्ता बराबर ९० कित्ता अथात् १००ः९० को सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) मा मर्जर हुने भएका हुन् ।













