ग्रीन डेभलपमेन्ट बैंकका संचालक श्रेष्ठको राजिनामा स्वीकृत
२० पुष २०७९, बुधबार १०:४४

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडका संचालकको राजिनामा स्वीकृत भएको छ । कम्पनीको पौस १३ गते बसेको संचालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको हो ।
संचालक पदबाट प्रकाश कुमार श्रेष्ठले आफ्नो ब्यक्तिगत कारण देखाई पौस १३ गतेका दिन राजिनामा दिएका थिए ।













