मेगा र नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जरलाई सेबोनको अन्तिम स्वीकृति

काठमाडौं । मेगा बैंक र नेपाल इन्भेष्मेन्ट बैंक लिमिटेडको मर्जरलाई धितोपत्र बोर्ड (सेबोन)ले स्वीकृति प्रदान गरेको छ ।
धितोपत्र दर्ता गठराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धमा निर्देशिका २०७९ को दफा ८ को उपदफा (४) बमोजिम दुबै बैंकलाई मर्जरको अन्तिम स्वीकृत प्रदान गरिएको हो ।
नेपाल राष्ट्र बैंकको गत बिहिबार बसेको संचालक समितिको बैठकले यी दुबै बैंकलाई मर्जरको अन्तिम स्वीकृत प्रदान गरिसकेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकले गत पुष ७ गते साधारण सभा गरी मर्जरको विशेष प्रस्ताव पारित गरेका थिए ।
मर्जरमार्फत यी दुवै बैंकले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गर्नेछन् । यी दुबै बैंकले यहि पुष २७ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने जनाएको छ ।












