एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको साधारण सभा सम्पन्न, लाभांस प्रस्ताव पारित

२० पुष २०७९, बुधबार १२:५८

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभेलप्मेन्टकोे १० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सो साधारण सभा आम्रपाली ब्यांक्वेट थिरबम सडक, काठमाडौंमा सम्पन्न भएको हो ।

सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको हाल कायम चुक्ता पुँजीको ५।२६ प्रतिशतका दरले हुन आउने रकम ६ करोड ४३ लाख ४० हजार ९३५ रुपैयाँ ४२ पैसा बराबरको नगद लाभांश (कर सहित) वितरणका लागि स्वीकृति पस्ताव पारित गरेको छ ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट पेस हुने आर्थिक वर्ष २०७८र०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । त्यसै गरी लेखापरीक्षकको प्रतिवेदन सहितको आ।व २०७८र०७९ को वार्षिक नाफा(नोक्सान हिसाब विवरण तथा नगद प्रवाह विवरण छलफल गरी पारित गरेको छ ।

आव २०७९र०८० को लागि लेखा परीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि सोही सभाले पारित गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*