हिमालयन उर्जा विकास कम्पनीको साधारण सभा स्थगित, यस्तो छ कारण
२१ पुष २०७९, बिहीबार ११:०८

काठमाडौं । हिमालयन उर्जा विकास कम्पनी लिमिटेडको २२ औ साधारण सभा स्थगित भएको छ । कम्पनीले बिशेष कारण देखाउदै साधारण सभा स्थगित गरेको हो ।
कम्पनीको पौस २० गते बसेको संचालक समितिको निर्णयले पौस २९ गते अर्पण बैंकिट, थापागाउँ, नयाँ बानेश्वर, काठमाडौंमा गर्ने भनिएको सो साधारण सभा स्थगित गरेको छ ।
कम्पनीको वाइसौ साधारण सभाको लागि अर्को निर्णय नहुँदा सम्म सो साधारण सभा स्थगित गरिएको हो ।












