सानिमा बैंकद्धारा लेखापरीक्षण समिति पुनरगठन, संयोजकमा बलराम पराजुली
२१ पुष २०७९, बिहीबार ११:३५

काठमााडौं । सानिमा बैंक लिमिटेडको लेखापरीक्षण समिति पुनरगठन भएको छ । बैंकको पुष १९ गते बसेको संचालक समितिको बैठकले बैंकको लेखापरीक्षण समिति पुनरगठन गरेको हो ।
जसमा लेखापरीक्षण समितिको संयोजकमा बलराम पराजुली, सदस्यमा आशुतोष उपाध्याय र सदस्य सचिवमा आन्तरीक लेखापरीक्षण विभागका विभागीय प्रमुख रहेका छन् ।












