नेप्सेमा एभरेष्ट बैंकको थप ४ लाख कित्ता शेयर सूचीकृत

२१ पुष २०७९, बिहीबार १५:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एभरेष्ट बैंकको थप शेयर सूचीकृत भएको छ ।

बैंकको अंकित मूल्य १०० रुपैयाँ दरका कुल ४ लाख कित्ता अग्राधिकार शेयरबाट साधारण शेयरमा परिणत भई सो शेयर आज सूचीकृत भएको हो । सूचीकृतपश्चात् उक्त शेयर भोलिदेखि नै धितोपत्र दोस्रोबजारमा कारोबार गर्न मिल्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*