किन बैंक अफ काठमाण्डूको सबै कारोबार तीन दिन बन्द हुदैछ ?

२१ पुष २०७९, बिहीबार १६:५५

काठमाडौं । ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको एकिकृत कारोबारको ३ दिन सम्मका लागि बन्द रहने भएको छ । बैंक अफ काठमाण्डू लिमिटेडले आज एक सूचना जारी गर्दै एकिकृत कारोबार मिति पुस २५ गते सोमबार तय भएको जनाएको हो ।

बैंकले एकिकृत कारोबार हुनअघि डाटा माइग्रेसन प्रयोजनको लागि तीन दिन अर्थात पुस २२, २३ र २४ गते दुबैं बैंकले आफ्ना विभिन्न शाखाहरुबाट प्रदान गर्दै आइरहेको सेवाहरु बन्द रहने जानकारी दिएको छ । नेपाल राष्ट्र बैंकले पुस १७ गते दुवै बैंकलाई मर्जर हुने अन्तिम स्विकृती दिएको थियो । मर्जरपछि बैंकको नाम ग्लोबल आइएमई हुनेछ ।

बैंकहरुको वित्तीय विवरणका आधारमा मर्जरपश्चात् बैंकको निक्षेप ३ खर्ब ८० अर्ब ५२ करोड रुपैयाँ र कर्जा ३ खर्ब ६२ अर्ब ४० करोड रुपैयाँ पुग्नेछ । मर्जर पश्चात् बैंकको शाखा सञ्जाल ३६५ वटा र एटीएम ३२८ वटा पुग्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*