प्रभु बैंक र सेन्चुरी कमर्शियल बैंकको एकिकृत कारोबार पुस २६ गते, मर्जरपछि यस्तो बन्दैछ बैंक ?

२२ पुष २०७९, शुक्रबार १०:२५

काठमाडौं । प्रभु बैंक र सेन्चुरी कमर्शियल बैंक एक आपस मर्ज भई पुस २६ गते मंगलबारबाट एकिकृत कारोबार गर्ने भएका छन् ।मर्जरपछि प्रभु बैंक लिमिटेडको नामबाट एकिकृत कारोबार हुन लागेको हो । दुवै बैंकको पुस १४ गते सम्पन्न साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो । पुस १७ गते आइतबार बसेको राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले दुई बैंकको मर्जरलाई स्वीकृति प्रदान गरेको हो ।

कम्पनी रजिष्ट्रारको कार्यालयले पुस २१ गते सेन्चुरीको सम्पूर्ण सम्पत्ति, दायित्व तथा अन्य सम्भावित दायित्वहरु प्रभु बैंकले ब्यहोर्ने गरी मर्जरको लागि अन्तिम स्वीकृति दिएको हो ।

मर्जपछि बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अशोक शेरचन हुनेछन् भने डेपुटी सीईओमा सेञ्चुरी बैंकका तर्फबाट मनोज न्यौपाने रहनेछन् । मर्जपछि बन्ने संचालक समितिमा प्रभु बैंकको तर्फबाट ४ जना र सेञ्चुरीको तर्फबाट ३ जना रहने बताइएको छ ।

मर्जपछि बैंकको नाम प्रभु बैंक रहनेछ । हाल प्रभु बैंकको चुक्ता पुँजी १२ अर्ब ७० करोड र सेञ्चुरीको ९ अर्ब ५५ करोड रुपैयाँ बढी छ । मर्जपछि बैंकको चुक्ता पुँजी २२ अर्ब बढी हुनेछ ।

मर्जर पश्चात बैंकको केन्द्रीय कार्यालय हाल प्रभु बैंकको केन्द्रीय कार्यालय रहेको स्थान बबरमहलमा रहने छ ।प्रभु–सेञ्चुरी बैंकलाई १ः१ को स्वाप रेसियामा गाभेको हो।

पुस २६ गते देखि एकीकृत कारोबार गरिने हुँदा डाटा माइग्रेसन प्रयोजनको लागि पुस २२ गते शुक्रबार राति १२ बजेदेखि पुस २६ गते बिहान ९ः४५ बजेसम्म दुवै बैंकबाट दिने सेवा सुविधा बन्द हुने पनि जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*