निफ्राको ५ अर्बको ऋणपत्र बाँडफाँड, आधा भन्दा बढी कित्ताका लागि परेन आवेदन

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को ७ वर्ष अवधि तथा वार्षिक ७ प्रतिशत ब्याजदर भएको ऋणपत्र बाँडफाँड सम्पन्न भएको छ । निफ्राको ‘निफ्रा उर्जा ऋणपत्र ७%–२०५८।८६’ नामक ऋणपत्र बाँडफाँड भएको हो ।
बैंकको प्रति ऋणपत्र १००० रुपैयाँ दरका ५० लाख कित्ताले हुन आउने ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बाँडफाँड गरिएको हो । मंसिर २९ गतेदेखि पुष १४ गतेसम्म निष्काशन गरेको रितपुर्वक प्राप्त आवेदनहरुको प्रशोधन गरी २२ लाख ८९ हजार ८१३ कित्ता ऋणपत्र पुष २१ गते बाँडफाँड गरिएको हो ।
बाँडफाँडमा परेको ऋणपत्रहरुको विवरण आवेदकहरुको सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट संचालित वेबसाइट https://meroshare.cdsc.com.np/#/login बाट हेर्न सक्नेछन् । साथै कम्पनीको बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेडको साइटबाट समेत हेर्न सक्नेछन् ।












