राष्ट्रिय वाणिज्य बैंकले ५ नयाँ शाखा कार्यालय खोल्न घरबहालमा खोज्दै

२२ पुष २०७९, शुक्रबार १०:५१

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले पाँचवटा नयाँ शाखा कार्यालय संचालमा ल्याउने भएको छ । बैंकले ५ शाखा कार्यालय विस्तारका लागि घर बहालमा लिने बारे सूचना प्रकाशित गरेको छ ।

बैंकले सुकेधारा, मंगलबजार, भरतपुर, पाँचखाल र विदुरमा नयाँ शाखा कार्यालय खोल्न लागेको हो । सो शाखाहरु घर बहालमा लिनका लागि बैंकले बोलपत्र आह्वान गरेको छ ।

जसका लागि सुकेधारा शाखाका लागि २५ सयदेखि ३ हजार वर्गफिट क्षेत्रफल हुनुपर्नेछ । साथै, मंगलबजारका लागि १५ सयदेखि २ हजार क्षेत्रफल, भरतपुर शाखाका लागि ४ हजार देखि ४५ सयसम्म क्षेत्रफल, पाँचखालका लागि २५ सयदेखि ३ हजार वर्गफिट क्षेत्रफल र विदुर शाखाका लागि २५ सयदेखि ३ हजार वर्गफिट क्षेत्रफल हुनुपर्ने जनाएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*