प्रभु बैंक र सेन्चुरी कमर्सियल बैंकले पुष २६ गतेदेखि ‘प्रभु बैंक’को नामबाट एकीकृत कारोबार सुरु गर्ने
२४ पुष २०७९, आईतवार १०:०६

काठमाडाँैं । प्रभु बैंक र सेन्चुरी कमर्सियल बैंक लिमिटेडले यहि पुष २६ गते मंगलबारदेखि एकीकृत कारोबार सुरु गर्ने भएको छ । प्रभु बैंकले सेन्चुरी कमर्सियल बैंकलाई प्राप्ति गरेपछि ‘प्रभ बैंक लिमिटेड’ को नामबाट एकीकृत कारोबार सुरु गर्ने भएको हो ।
यी दुबै बैंकको पुष १४ गते सम्पन्न वार्षिक साधारण सभाबाट एक्विजिशनसम्बन्धि विशेष प्रस्ताव पारित गरेपछि नेपाल राष्ट्र बैंकबाट समेत पुष १९ गते अन्तिम स्वीकृति प्राप्त भइसकेको छ ।
केन्द्रीय बैंकको स्वीकृति पश्चात् बैंकको पुष २० गते बसेको संचालक समितिको बैठकले प्रभु बैंकको नामबाट एकीकृत कारोबार सुरु गर्ने भएको हो ।












