सनराइज बैंकका संचालकहरुको कार्यकाल थप
२४ पुष २०७९, आईतवार १०:१६

काठमाडौं । सनराइजन बैंक लिमिटेडका संचालकहरुको कार्यकाल थप गरिएको छ ।
बैंकको पुष २१ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको संचालकहरुको कार्यकाल (पदावधि) पुष २९ गतेबाट सकिने भएकोले बैंकको नियमित काम कारबाहीलाई सूचारु राख्नको लागि संचालक समितिका सदस्यहरुको कार्यकाल आगामी वार्षिक साधारण सभा सम्पन्न भई अनुमोदन नभए सम्मको लागि थप गर्ने निर्णय गरेको हो ।
बैंकको संचालक समितिको बैठकले संचालक समितिका सदस्यहरु मोतिलाल दुगड, बच राज तेटर, मालचन्द दुगड, शैलेन्द्र गुरागाई, शारदा शर्मा र दिपक नेपालको कार्यकाल थप गरेको हो ।












