दुई वाणिज्य बैंकको शेयर कारोबार रोक्का

२४ पुष २०७९, आईतवार १५:३९

काठमाडौं । नेप्सेले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको सेयर कारोबार रोक्का गरेको छ ।यी दुई बैंक गाभिएर ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट पुस २५ गते देखि एकीकृत कारोबार हुने ब्यहोराको पत्र पठाएको थियो ।

सोही बमोजिम धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्नेरगाभिने तथा प्राप्ति सम्बन्धि निर्देशिका २०७९ को दफा ९ ९३० बमोजिम उक्त संस्थाहरुको सेयर कारोबार पुस २५ गते देखि रोक्का गरिदिएको नेप्सेले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*