गरिमा विकास बैंकको १६औं वार्षिक साधारण सभा सम्पन्न
२४ पुष २०७९, आईतवार १५:३८

काठमाडौं । गरिमा विकास बैंकले १६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रवार होटल पोखरा ग्राण्ड बिरौटा, पोखरा कास्कीमा सम्पन्न भएको हो ।
उक्त सभाले १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । त्यस्तै सभाले यस कम्पनीले अन्य कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू एक आपसमा गाभ्नेरगाभिने तथा प्राप्ति प्रयोजनको लागि आवश्यक सम्पूर्ण कार्यहरू गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस ८ गते देखि २२ गते सम्म बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा पुस ७ गतेसम्म कायम शेयरधनी लाभांश पाउन योग्य भएका छन् ।











