नेप्सेको निर्देशनपछि सिस्टम डाउन गरेका बैंकहरुले राफसाफ खुलाए, प्रभु बैंकले एक घण्टाको लागि खोल्यो

काठमाडौं । नेप्सेको निर्देशनपछि सिस्टम डाउन गरेका बैंकहरुले राफसाफ खुलाएका छन् ।सिडिएसले शुक्रबार नै मर्जरमा जाने बैंकहरुलाई बोलाएर छलफल गर्दा भोलिदेखि एकिकृत कारोबार सुचारु गर्ने ग्लोबल आइएमई बैंकले राफसाफको लागि खोल्ने सकारात्मक धारणा दिएका थिए ।
प्रभु बैंकले भने खोल्न नसकिने धारणा व्यक्त गरेको थियो । आज नेप्सेले पत्र काट्दै बैंकहरुलाई राफसाफ खोल्न निर्देशन दिएसँगै प्रभु बैंकले एक घण्टाको लागि खोल्ने भएको छ।
एकीकृत कारोबारका लागि ग्लोबल आईएमई बैंकले शुक्रबारदेखि बैकिङ सेवा बन्द गरेको छ भने प्रभु बैंकले आज राति १२ बजेदेखि सम्पूर्ण बैंकिङ सेवा बन्द गर्दैछ ।
सेयर कारोबार राफसाफ सेटलमेन्टमा समस्या आउने देखेपछि सीडीएससीले र नेप्सेले बैंकहरुलाई राफसाफ गर्न लगाएको नेप्से र सिडिएसले जनाएको छ।












