ग्लोबल आइएम बैंक र बैंक अफ काठमाण्डूबीच एकीकृत कारोबार सुरु

२५ पुष २०७९, सोमबार ०९:५१

काठमाडौं । ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू आपसमा मर्ज भई एकीकृत कारोकार सुरु भएको छ । आज विहान आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई बैंकको एकीकृत कारोबार शुभारम्भ गरेका हुन् ।

 

बैंकका अध्यक्षद्धय चन्द्र प्रसाद ढकाल र प्रकाश श्रेष्ठको उपस्थितिमा प्रधानमन्त्री प्रचण्डले एकीकृत कारोबार शुभारम्भ गरेका हुन् । शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले देशको गम्भिर आर्थिक संकटलाई पार लगाउन सरकार गम्भिर भएर कार्य गरिरहेको बताए । अध्यक्ष प्रचण्डले बैंकिङ क्षेत्रलाई न्यून आय भएका किसान, विपन्न नागरिकको उत्थानको लागि बैंकहरुको भूमिका अपरिहार्य भएको अभिव्यक्ति दिएका छन् ।

 

अध्यक्ष प्रचण्डले पछिल्लो समय बैंकिङ क्षेत्रमा आएको समस्या हल गर्न सरकारले काम सुरु गरिसकेकोले अब छिट्टै जनताले राहत पाउने प्रतिबद्धता जनाएका छन् ।

ग्लोबल आइएमई बैंकले बैंक अफ काठमाण्डूलाई प्राप्ति गरी ग्लोबआईएमई बैंककै रुपमा कारोबार सुरु गरेको हो । आज मर्जर भएको दुई बैंकका बीचमा एकीकृत कारोबार सुरु भएसँगै ग्लोबल आइएमई बैंक देशकै ठूलो बैंक बन्न पुगेको छ ।

कूल पाँच खर्ब पाँच अर्ब सम्पत्ति, ५७ अर्ब कूल पुँजि सहित ग्लोबल आइएमई बैंकले अब देशका ३८५ वटा शाखामार्फत सरल बैंकिङ सेवा प्रवाह गर्नेछ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*