आज दुई वाणिज्य बैंकसहित ३ कम्पनीको वार्षिक साधारणसभा हुँदै, कुनको ऐजेण्डा के ?

२५ पुष २०७९, सोमबार ०९:५२

काठमाडौं । दुई वाणिज्य बैंकसहित तिन कम्पनीको वार्षिक साधारणसभा आज हुँदै छ । सोमबार एनएमबि बैंक, नेपाल एसबिआई र शाइन रेसुंगा डेभलपमेन्ट बैंकको वार्षिक साधारण हुन लागेको हो ।

नेपाल एसबिआई बैंक

नेपाल एसबिआई बैंकको सञ्चालक समितिको बैठकले बैंकको २९औँ वार्षिक साधारणसभा आज ९पुस २५ गते० बोलाएको छ । बैंकको सभा बिहान ११ बजेदेखि त्रिभुवन आर्मी अफिसर्स क्लब, काठमाडौंमा हुनेछ ।

सभाले बैंकले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको ३ प्रतिशत बोनश सेयर र ७।५३ प्रतिशत नगद लाभांश ९कर समेत० गरी कुल १०।५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा समेत छलफल गरी पारित गर्नेछ सभाले मर्जर तथा एक्विजिसन प्रक्रिया अगाडी बढाउन सञ्चालक समितीलाई अख्तियारी दिने प्रस्ताव समेत पारित गर्नेछ ।

बैंकले साधारणसभा तथा लाभांश प्रयोजनार्थ पुस १३ गते एक दिनका लागि बुकक्लोज गरेको छ । त्यसैले पुस १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभामा सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

 

एनएमबि बैंक

बैंकको सञ्चालक समितिको मंसिर २८ गते बसेको बैठकले गरेको निर्णयानुसार बैंकको २७औँ वार्षिक साधारणसभा आज पुस २५ गते हुँदैछ ।

सभाले आर्थिक वर्ष २०७८र७९ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी १८ अर्ब ३६ करोड ६७ लाख ५ हजार ९५९।२४ रुपैयाँको ८।२५ प्रतिशतले हुन आउने १ अर्ब ५१ करोड ५२ लाख ५३ हजार २४१।६४ रुपैयाँबराबरको नगद लाभांश ९करसहित० अनुमोदन गर्नेछ।

सोही सभाले अन्य बैंक तथा वित्तीय संस्थालाई प्राप्ति गर्न वा मर्जरमा जाने प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव पनि पारित गर्नेछ। मर्जरका लागि गर्नुपर्ने सम्पूर्ण कामकारबाही गर्ने अख्तियारी पनि सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव सभाले अनुमोदन गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु पारित गर्नेछ।

 

शाइन रेसुंगा डेभलपमेन्ट बैंक

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको १४ औँ वार्षिक साधारणसभा आज ९पुस २५ गते० बोलाएको छ । बैंकको सभा बिहान ११ बजेदेखि ड्रिमल्यान्ड गोल्ड रिसोर्ट एन्ड होटेलमा हुनेछ ।

सभाले गत आर्थिक वर्ष २०७८र७९ को वितरणयोग्य सञ्चित मुनाफाबाट नगद लाभांश र सेयर प्रिमियमसहित वितरणयोग्य सञ्चित मुनाफाबाट प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल १४ प्रतिशत लाभांश अनुमोदन गर्नेछ । जसमा १३।३० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०।७० प्रतिशत नगद लाभांश छन्।

त्यसैगरी, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनसहित लेखापरीक्षकको प्रतिवेदन पनि छलफल गरी स्वीकृत गर्नेछ।

सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर प्रयोजनका लागि उपयुक्त बैंक तथा वित्तीय पहिचान गर्ने, नेपाल राष्ट्र बैंकमा निवेदन दिने, डीडीए गर्न परामर्शदाता, मूल्यांकनकर्ता र लेखापरीक्षक नियुक्त गर्नेलगायतका सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ।

लाभांश र सभा प्रयोजनका लागि बैंकले पुस १२ गतेदेखि पुस २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले पुस ११ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*