नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकद्धारा शेयर कारोबार रोक्का राख्न अनुरोध
२५ पुष २०७९, सोमबार ११:२१

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक लिमिटेडले शेयर कारोबार रोक्का राख्न नेप्सेसमक्ष अनुरोध गरेको छ । यी दुबै बैंकले यहि २७ गतेबाट एकिकृत कारोबार सुरु गर्दैछ । यसैको प्रयोजनका लागि बैकले कारोबार रोक्का राख्न भनेको हो ।
यी दुवै बैंकबीच एकआपसमा गाभ्ने।गाभिने (मर्जर) सम्बन्धमा अन्तिम स्वीकृति प्राप्त गरपेपछि पुष २७ गतेबाट ‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड’को नामबाट एकीकृत कारोबार सुरु गर्ने भएको हो ।
दुवै संस्थाको शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनका लागि नेपाल इन्भेष्टमेन्ट र मेगाले एकिकृत कारोबार हुने मिति पुष २७ गते्देखि शेयर कारोबार रोक्का गरिदिन अनुरोध गरेको हो ।












