कृषि विकास बैंकको लाभांश घोषणा, बोनस भन्दा नगद धेरै
२६ पुष २०७९, मंगलवार १०:२२

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीको पुष २६ गते बसेको संचालक समितिको बैठकले गत आव २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको २ प्रतिशत बोनस शेयर र ११ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भएपश्चात् बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण हुनेछ ।












