एनआइसी एशिया लघुवित्तको लेखापरीक्षणमा समस्या, पुषभित्र साधारण सभा नगर्ने निर्णय

२६ पुष २०७९, मंगलवार १०:४२

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले पुष मसान्तभित्र साधारण सभा नगर्ने भएको छ ।

संस्थाले बाह्य लेखापरीक्षण कार्यमा प्राविधिक कारणले ढिलाई भएको हुनाले आव २०७८।७९ को वार्षिक वित्तीय विवरणहरु नेपाल राष्ट्र बैंकमा पेश भई स्वीकृतिको अवस्थामा रहेकोले पाँचौ वार्षिक साधारण सभा नगर्ने जनाएको छ ।

साथै संस्थाले वित्तीय विवरण स्वीकृत भएपश्चात् सो सभा चैत मसान्तसम्म गरिसक्ने जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*