नेष्डो समृद्ध लघुवित्तको लेखा परीक्षणको कार्यमा ढिलाई, पुषभित्र सभा नगर्ने निर्णय
२६ पुष २०७९, मंगलवार १५:३३

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले पुष मसान्तभित्र वार्षिक साधारण सभा नगर्ने भएको छ । संस्थाले नेप्सेसमक्ष पत्र जारी गर्दै यो महिनामा साधारण सभा नगर्ने जनाएको हो ।
संस्थाको आर्थिक वर्ष २०७८।७९ को बाह्य लेखापरीक्षणको कार्य सम्पन्न हुने प्रक्रियामा रहकोले आर्थिक वर्ष २०७८।७९ को वित्तीय विवरणहरु नेपाल राष्ट्र बैंकसमक्ष पेश भई नसकेको हुँदा संस्थाले पुष भित्र साधारण सभा गर्न नसक्ने बताएको हो ।
साथै संस्थाले नेपाल राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृत प्राप्त भइसकेपछि आगामी चैत मसान्तभित्र सभा गरिसक्ने जनाएको छ ।













