मर्जरपछि प्रभु बैंकको यस्तो बन्यो संचालक समिति, के-के छन्?
२६ पुष २०७९, मंगलवार १५:४२

काठमाडौं । मर्जर पछि प्रभु बैंकले सेन्चुरी कमर्सियल बैकलाई मर्जर गरेर एकीकृत कारोबार आजबाट शुभारम्भ भएको छ । आजबाट एकिकृत कारोबार शुभारम्भ गरेसँगै नयाँ सञ्चालक समिति पनि चयन भएको छ ।
मर्जपश्चात् बैंकको सिईओमा अशोक शेरचन र डेपुटी सिईओमा मनोज न्यौपाने हुनेछन् ।
प्रभुु बैंकको नामबाट एकीकृत कारोबार भएको बैंकमा सात नयाँ सञ्चालक रहेका छन् । नयाँ सञ्चालक समितिमा लिला प्रकाश सिटौला, रमेश सिंह खड्का, मन बहादुर राई, शंकर प्रसाद कालिकोटा, प्रा. डा. गिता प्रधान, रामेश्वर सापकोटा र अभिषेक बज्राचार्य रहेका छन् ।
बैकका अनुसार यी नै ७ जना बाट एक जना अध्यक्षमा चुनिने छन् । संचालक समितिमा प्रभु बैंकबाट ४ र सेञ्चुरीबाट ३ जना रहेका छन् ।












