गुहेश्वरी मर्चेन्ट बैकिङ्ग एण्ड फाइनान्सको सभा चैतमा मात्रै बस्ने

२६ पुष २०७९, मंगलवार १७:४१

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैकिङ्ग एण्ड फाइनान्स लिमिटेडले पुष मसान्तभित्र साधारण सभा नगर्ने भएको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराउँदै यस महिनाभित्र सभा नगर्ने बताएको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७८।७९ को वार्षिक वित्तीय विवरणहरु सहित वार्षिक साधारण सभा गर्न स्वीकृतिको लागि नियमानुसार नेपाल राष्ट्र बैंकमा पेश भएकोमा नेपाल राष्ट्र बैंकबाट पुष २२ गते मात्रै स्वीकृति प्राप्त भएकोमा संस्थाले यो महिनाभित्र सभा गर्न नसक्ने जनाएको हो ।

साथै कम्पनीले आगामी चैत मसान्तभित्र वार्षिक साधारण सभा गर्ने जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*