प्रधानमन्त्री दहालले पाए विश्वासको मत, पक्षमा २६८ र विपक्षमा २ जना
२६ पुष २०७९, मंगलवार १७:३५

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत प्राप्त गरेका छन् । आजको संसद बैठकमा प्रचण्डले विश्वासको मत पाउँ भनि राखेको प्रस्तावमा संसदको हाल कायम सदस्य मध्ये दुई तिहाई बढी सांसदबाट मत पाएका हुन् ।
बैठकमा कुल उपस्थिति २७० जना रहेकोमा पक्षमा अर्थात् विश्वासको मत दिने २६८ जना, विपक्षमा अर्थात् विश्वासको मत नदिनेमा २ जना सांसद रहेका छन् । प्रचण्डलाई प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि विश्वासको मत दिएको छ ।
प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक ब्यबस्था छ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १० गते आइतबार प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।
इतिहासमै सबैभन्दा बढी संसदको समर्थन रहेको छ ।












