माया खोला हाईड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न, आधा शेयरका लागि परेन आवेदन

काठडमाडौं । माया खोला हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि निष्काशन गरेको आइपीओ बाँडफाँड गरिएको हो ।
प्रभुु क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्रि प्रबन्धकत्वमा कम्पनीको जारी पूँजीको १०% अर्थात १० करोड रकम बराबरको रु.१०० अंकित दरका १० लाख कित्ता साधारण शेयर मध्ये संखुवासभा जिल्लाको चैनपुर न.पा.को वडा नं. ८ र ९, धर्मदेवी न.पा. को वडा नं. ३,४ र ५, मादी न.पा.को वडा नं. ४ र ६ का स्थाई बासीन्दाहरुको लागि ६,००,००० र प्रभावित क्षेत्र संखुवासभा जिल्लाका चैनपुर न.पा.को वडा नं. ८ र ९, धर्मदेवी न.पा.को वडा नं. ३,४ र ५, मादी न.पा.को वडा नं. ४ र ६ बाहेकका चैनपुर, धर्मदेवी र मादी नगरपालिकका स्थाई बासीन्दाहरुको लागि ४,००,००० कित्ता साधारण शेयरहरु मिति २०७९/०८/२३ गतेदेखि मिति २०७९/०९/१७ गतेसम्म निष्काशन तथा बिक्री खुला गरिएकोमा आज मिति २०७९/०९/२६ गते शेयर बाँडफाँड गरिएको हो ।
उक्त शेयर बाँडफाँडमा अति प्रभावितमा १,७७२ जना आवेदकबाट प्राप्त ६,९०,९४० कित्ताको लागि प्राप्त आवेदन रितवुर्वक प्राप्त भएकोमा १० कित्ता देखि १,२०० कित्ता सम्म आवेदन आवेदकलाई सम्पूर्ण कित्ता गरी जम्मा ५,२१,६२० कित्ता शेयर र १२०० कित्ता भन्दा बढी ९,५२० कित्ता शेयरको लागि आवेदन दिने प्रत्येक आवेदकहरुलाई १२०० कित्ता शेयर गरी ७८,००० कित्ता शेयर गर्दा जम्मा ५,९९,६२० कित्ता शेयर भएको र बाँकी रहेको ३८० कित्ताको लागि १३०० कित्ता देखि ९,५२० कित्ता सम्म आवेदन दिने ६५ जना मध्ये ३८ जना हरेकलाई १० कित्ता शेयर बाँडफाँड गरिएको हो ।
साथै प्रभावितमा २,०६२ जना आवेदकहरुबाट ४,०१,८०० कित्ताको लागि आवेदन प्राप्त भएकोमा रितपुर्वक प्राप्त भएका आवेदनहरु मध्येहरुलाई ४,००,००० कित्ता शेयर धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ को निर्देशन ३० को ४ अनुसारले बाँडफाँड सम्पन्न गरिएको छ ।
बाँडफाँडको नतिजा प्रभु क्यापिटलको वेवसाइट https://www.prabhucapital.com/share-allotment बाट हेर्न सकिने व्यवस्था मिलाइएको छ ।












