नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंकको यस्तो बन्यो नयाँ संचालक समिति

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंकको आजदेखि एकीकृत कारोबार सुरु गरेका छन् । काठमाडौंमा आज आयोजित एकीकृत कारोबार शुभारम्भ भएको घोषणा गरेका हुन्।
मर्जरपछि बनेको नयाँ बैंकको अध्यक्षमा साविक नेपाल इन्भेष्टमेण्ट बैंककै अध्यक्ष पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृतमा ज्योतिप्रकाश पाण्डे रहेका छन् ।
दुबै बैंकको संचालकहरुको प्रतिनिधित्व रहने गरी नेपाल इन्भेष्टमेण्ट बैंकको तर्फबाट प्रजन्य राजभण्डारी, कवि कुमार टिब्रेवाला र मेगा बैंकको तर्फबाट गोपाल खनाल, मदन कुमार आचार्य र मुक्ति राम पाण्डे रहेका छन् । त्यसैगरी साविक नेपाल इन्भेष्टमेण्ट बैंकमा स्वतन्त्र संचालकको रुपमा रहेकी मञ्जु बस्नेत अब बन्ने सञ्चालक समितिमा पनि स्वतन्त्र सञ्चालक रहने छिन् ।












