नेपाल दुरसंचारको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

२८ पुष २०७९, बिहीबार १२:०३

काठमाडौं । नेपाल टेलिकमको सभा आज (पुस २८) गते सम्पन्न भएको छ । सो सभा राष्ट्रिय सभा गृह, प्रदर्शनीमार्ग, काठमाडौंमा सम्पन्न भएको हो ।

सभाले कम्पनीले प्रस्ताव गरेको ४० प्रतिशत नगद लाभांशलाई समेत सभाले पारित गरेको  छ । साथै गत आर्थिक वर्ष ०७८।७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गरेको छ । चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणका सम्बन्धि प्रस्ताव पारित गरेको छ ।

कम्पनीले १५औं वार्षिक साधारण सभा प्रयोजनका लागि पुस १८ गतेदेखि २७ गतेसम्म बुक क्लोज गरेको थियो । यसर्थ पुष १७ गतेसम्म कायम शेयरधनीहरुले मात्रै साधारण सभामा भाग लिन पाएका थिए र लाभांश प्राप्त गने भएका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*