नेपाल क्लियरिङ्ग हाउसको वार्षिक साधारण सभा सम्पन्न, ३८% बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित

२८ पुष २०७९, बिहीबार १८:१७

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आर्थिक बर्ष २०७८÷७९ को आफ्नो एघारौं वार्षिक साधारण सभा आज होटेल क्राउन इम्पेरियल, काठमाडौमा सम्पन्न गरेको छ ।बैठकले ३८% बोनस शेयर वितरण गर्ने तथा बोनस शेयरको कर प्रयोजनका निम्ती २% नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

यस पश्चात कम्पनीको चुत्ता पुँजी रु.७८३,३७५,७६८ बराबरको हनेछ । कम्पनीले पूँजी वृद्धी मार्फत भुक्तानी प्रणाली पूर्वाधार विकास तथा विस्तार गर्ने, थप प्रणालीहरु स्थापना गर्ने, जोखिम व्यवस्थापनलाई सुढृढ बनाउने साथै नेशनल पेमेन्ट स्वीच अन्र्तगतको हाल कार्यान्वयनमा रहेको पूर्वाधार विस्तार गर्न उक्त पूँजी प्रयोग गर्नेछ ।

आ.व. २०७८÷७९ मा कम्पनीबाट फर्छौट भएका कारोबारहरुको संख्या ५७% ले बृद्धि भएसँगै कम्पनीको खुद नाफा ४०% ले बृद्धी भएको छ । आर्थिक वर्षको अन्त्यमा जम्मा इक्विटीमा २४.५% प्रतिफल प्राप्त गर्न सफल भएको छ भने नेटवर्थ प्रति शेयर रु.२५५ कायम भएको छ ।

नेपाल राष्ट्र बैंक, वाणिज्य बैंकहरु, विकास बैंकहरु र फाइनान्स कम्पनीहरु मार्फत प्रवद्र्धित यस कम्पनीमा नेपाल राष्ट्र बैंकको १०% र बैंक तथा वित्तीय संस्थाहरुको ९०% स्वामित्व रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*