गुहेश्वरी फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१९ माघ २०७९, बिहीबार १०:०६

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिंग एण्ड फाइनान्सको लाभांश सुरक्षित गर्ने आज माघ १९ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ २० गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज माघ १९ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

कम्पनीले माघ २७ गते शुक्रबार साधारणसभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक्व वर्ष ७८।७९ को मुनाफाबाट ६.५० प्रतिशत बोनस शेयर र ०.३४ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*