खराब कर्जा बढ्दा सिभिल लघुवित्तको नाफा प्रभावित, इपीएस कति ?

१९ माघ २०७९, बिहीबार ११:३९

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको ६ महिनासम्ममा १ करोड ३३ लाख ८२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । लघुवित्तले आज सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार संस्थाको नाफा गत आवको तुलनामा घट्न पुगेको हो ।

यो नाफा गत आवको यसै अवधिसम्मको तुलनामा ६४.३५% ले कम हो । गत आवको यसै अवधिसम्म संस्थाले ३ करोड ७५ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा यस लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि घटेको छ । जसको कारण खुद नाफा प्रभावित भएको हो ।

खुद ब्याज आम्दानी १०.९३% ले घटेर १० करोड ५५ लाख ११ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ११ करोड ८४ लाख ५४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । सञ्चालन नाफा ६४.३४% ले घटेर १ करोड ९१ लाख १८ हजार रुपैयाँ रुपैयाँमा आएको छ । यसअवधिमा खराब कर्जा बढेसँगै इम्पेयरमेन्ट चार्च पनि बढेको छ । यसले पनि नाफा प्रभावित भएको हो ।

खराब कर्जा १.६०% ले घटेर २.९३% पुगेको छ । गत वर्ष ५६ लाख ५० हजार रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्च यो वर्ष १ करोड ३५ लाख ७० हजार रुपैयाँ पुगेको छ ।

पुस मसान्तसम्म आइपुग्दा लघुवित्तको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ७६ पैसाले घटेर ९ रुपैयाँ २९ पैसामा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ १६० रुपैयाँ ६० पैसा छ । साथै लघुवित्तको चुक्तापुँजी २८ करोड ८१ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषको आकार २१.९९ प्रतिशतले घटेर ८ करोड १० लाख रुपैयाँ कोषमा संचित रहेको छ ।

त्यस्तै, यस अवधिसम्म संस्थाको निक्षेप संकलन २७.३४ प्रतिशतले बढेर १ अर्ब ७ करोड १४ लाख रुपैयाँ पुगेको छ भने कर्जा परिचालन १४ प्रतिशतले बढेर ४ अर्ब २१ करोड १७ लाख रुपैयाँ पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*