एनआइसी एशिया बैंकले थप १९ स्थानको जग्गा बिक्री गर्दै

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले आफ्ना नाममा दर्ता रहेका थप १९ वटा स्थानको जग्गा बिक्री गर्ने भएको छ । यसअघि बैंकले पहिलोपटक सूचना प्रकाशित गर्दै ३० ठाउँको र दोस्रो पटक सूचना प्रकाशित गर्दै ७ स्थानको जग्गा बिक्री गर्ने जनाएको थियो ।
बैंकले फेरी तेस्रोपटक सूचना जारी गर्दै आफ्नो नाममा रहेको थप १९ स्थानको जग्गा बेच्ने बताएको हो । बैंकले खैरहनी चितवन, मलंगवा सर्लाही, बेलबारी मोरङ, इनरुवा सुनसरी, मुसिकोट रुकुम, मुगु, कालिकोट, धरान सुनसरी, हरिवन सर्लाही, चरिकोट दोलखा, सिन्धुली र बुटवल रुपन्देही गरी कुल १९ वटा जग्गा बिक्री गर्ने भएको हो ।
उक्त जग्गा खरिद गर्न चाहाने इच्छुक ब्यक्ति तथा संघसंस्थाले ७ दिनभित्र बैंकको केन्द्रीय कार्यालय ट्रेड टावर थापाथाली काठमाडौंमा शिलबन्दी प्रस्ताव पेश गर्न सक्नेछन् ।













