गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको शेयर मूल्य समायोजन

१९ माघ २०७९, बिहीबार १६:४३

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको ६।५० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । समायोजनपछि यसको भाउ प्रतिकित्ता ३४२ रुपैयाँ ७२ पैसा कायम भएको छ । फाइनान्सको बिहीबारको अन्तिम कारोबार मूल्य ३६५ रुपैयाँलाई आधार मानेर यसको मूल्य समायोजन गरिएको हो ।

अब आइतबार समायोजन भएको मूल्यबाट यसको कारोबार खुला हुनेछ । यसले गत वर्षको मुनाफाबाट सेयरधनीहरुलाई ६।५० प्रतिशत बोनस सेयर र कर तिर्न ०।३४ प्रतिशत नगद प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश फाइनान्सको माघ २७ गते बस्ने साधारण सभाले पारित गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*